नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख सन्तोष शाह अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पञ्जामा परेका छन् । प्रमुख शाहलाई आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले धुनिवेसी नगरपालिका वडा नं. ८ खानीखोला धादिङ्बाट पक्राउ गरेको हो ।
प्रमुख शाह संस्थान बुटवल कार्यालयको लु १ ञ ९५ नम्बरको गाडीमा काठमाण्डौ जाने क्रममा स्रोत नखुलेको २ लाख ३३ हजार ५ सय रुपैंया र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैंयाको भौचर सहित पक्राउ गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी गराउनु भएको छ ।
कार्यालय प्रमुख ईञ्जिनियर शाहले बिभिन्न व्यक्तिहरुसंग घुस रकम लिएर काठमाण्डौ जाँदै गरको भन्ने सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो । उक्राउ परेको शाहमाथि थप अनुसन्धान भईरहेको पनि अख्तियारले जनाएको छ ।