कोरोना संक्रमणको कारण रुपन्देहीमा थप एकको मृत्यु : जिल्लामा मृतकको संख्या ६ पुग्यो

1.3K

कोरोना संक्रमणको कारण रुपन्देहीमा थप एकको मृत्यु : जिल्लामा मृतकको संख्या ६ पुग्यो

कोरोना संक्रमको कारण रुपन्देहीमा थप एक जनाको ज्यान गएको छ । कोरोना संक्रमणका कारण रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं. ३ का ५५ वर्षीय पुरुषको सोमबार राती भैरहवा स्थित भिम अस्पतालमा मृत्यु भएको हो । यो संगै रुपन्देहीमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
हप्ता दिन अंगाडी घरको छतबाट लडेर घाईते उनको युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा गरिएको पिसिआर परिक्षणमा ४ दिन अंगाडी संक्रमण पुष्टि भएको थियो । उनको टाउकोमा रगत जमेकाले शल्यक्रिया गर्नकालागि पिसिआर परिक्षण गरिएको थियो । पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई भिम अस्पतालमा भर्ना गरिएको थियो ।