रुपन्देहीको सैनामैना नगरपालिका ५ बुद्धनगरमा ट्रकले ठक्कर दिँदा १८ वर्षिय युवाकाे मृत्यु भएकाे छ । सैनामैना ६ कलौनी निवासी विनोद बि.क. लाई आज विहान ५ बजे मनिङ वाक हिडने क्रममा ट्रकले ठक्कर दिएको हो ।
पूर्व वीरगन्ज देखि पश्चिमतर्फ गइरहेको ना ६ ख ५७०२ नम्बरको सामान ढुवानी गर्ने १२ चक्के गाडीले ठक्कर दिँदा गम्भिर घाइते भएका बि.क.काे उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएकाे हाे । ठक्कर दिने ट्रक इ.प्र.का. सालझण्डीकाे नियन्त्रणमा रहेकाे प्रहरी निरिक्षक कमल परियार ले जानकारी दिनु भएको छ ।