रुपन्देहीको देवदह नगरपालिका वडा नं. १२ का अध्यक्ष बाबुलाल यादवले नगरपालिकामा कार्यरत एक कर्मचारीलाई अपशब्द प्रयोग गर्दै गाली तथा धम्किी दिएको भन्दै त्यहाँका कर्मचारीहरु आन्दोलित भएका छन् ।
नगरपालिकामा कार्यरत रमेश गिरीलाई बुधबार बिहानै फोन गरी अपशब्द प्रयोग गरि गाली व्यईजती तथा धम्की दिएको भन्दै वडा अध्यक्ष यादवको उक्त कार्यप्रति भ्रत्सना सहित नगरपालिकाका कर्मचारीहरुले खेद व्यक्त गरेका छन् ।
कर्मचारीहरुले बुधबार नै एक प्रेस विज्ञप्ती जारी गर्दै वडा अध्यक्ष यादवलाई कानुनी कारवाहीको समेत माग गरेका छन् । वडा अध्यक्ष यादवलाई कारवाहीको दायरामा नल्याउँदा सम्म नगरपालिका तथा अन्तरगतका सम्पूर्ण कार्यालयहरुमा काम गर्ने कर्मचारीले कार्यसम्पादन समेत गर्न नसक्ने उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
वडा अध्यक्ष यादवले बिहान करिव सवा ८ बजेको समयमा घरमै रहेको बेला फोन गरि अपशब्द प्रयोग गरेर गाली गर्ने तथा धम्की दिएको घटनाले देवदह नगरपालिकालाई तताएको छ ।