विपद् प्रभावित किसानलाई क्षतीपूर्तिको व्यबस्था गर्न सरकारसंग काँग्रेसको माग

1.3K

विपद् प्रभावित किसानलाई क्षतीपूर्तिको व्यबस्था गर्न सरकारसंग काँग्रेसको माग

अविरल बर्षाका कारण कृषि व्यबसायलाई नराम्रो प्रभाव परेको उल्लेख गर्दै नेपाली काँग्रेसले किसानलाई क्षतिपूर्तिको व्यबस्था गर्न सरकारसंग माग गरेको छ । नेपाली काँग्रेस तिलोत्तमा नगर समितिले बुधबार एक प्रेस विज्ञप्ती जारी गरी ४/५ दिनसम्म परेको अविरल वर्षाका कारण बाढी पहिरो, डुवान लगायत प्राकृतिक विपद् प्रति दुःख व्यक्त गर्दै त्यसको प्रभावमा परेकाहरुलाई राहतको व्यबस्था गर्न तीन तहका सरकाससंग माग गरेको हो ।
नेपाली काँग्रेस रुपन्देही, क्षेत्रीय समिति तथा नगर समितिको संयुक्त अनुगमनका क्रममा तिलोत्तमा नगरपालिका भित्रका बिभिन्न स्थानमा अविरल वर्षासंगै आएको बाढी, डुवानका कारण कैयौं घरपरिवार प्रभावित भएको, किसानका पशु, चौपाया, खेतमा पाक्न तयारी भएको धानवाली तथा तरकारी वाली नष्ट भएको देखिएको उल्लेख गर्दै परिस्थितीमा गम्भिर बन्न र जिम्मेवारी बोध गर्न स्थानीय, प्रदेश तथा संघीय सरकारको ध्यानाकर्षण गराईएको छ ।
काँग्रेस तिलोत्तमाका सभापति हरिलाल पाण्डेद्वारा जारी विज्ञप्तीमा तीनै तहका सरकारलाई स्रोत साधनको प्रभावकारी परिचालन गरी प्रभावित परिवारलाई उचित क्षतीपूर्ति तथा विस्थापित परिवारलाई सुरक्षित वासस्थानको व्यबस्था गर्न आग्रह गरिएको छ । त्यस्तै विपद्मा परि घाईते व्यक्तिहरुको सिघ्र स्वास्थ्यलाभको समेत कामना गरिएको छ ।