नेपालबाट मनसुन बाहिरिने क्रम सुरु

1.3K

नेपालबाट मनसुन बाहिरिने क्रम सुरु

नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भएको छ । आज बिहिबार सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश पाँचका पश्चिमका केही भू–भागबाट मनसुन बाहिरिएको छ । मौषम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने छ ।
हाल बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र अझै सक्रिय हुने देखिएकोले नेपालका बाँकी भू-भागबाट मनसुन बाहिरिन केही दिने लाग्ने मौषम पूर्वानुमान महाशाखाले बिहिबार जारी गरेको मौषम बिशेष बुलेटिनमा उल्लेख गरिएको छ ।
सामान्यतया नेपालमा १० जुनमा मनसुन भित्रिने गर्दछ । तर यो वर्ष एक साता ढिला गरी मनसुन प्रवेश गरेको थियो । साधारणतया नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि मानिन्छ । यो चार महिनाको समयमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशत वर्षा हुने गर्दछ ।