लायन्स क्लव अफ बुटवलले पाल्पाको तिलोत्तमा गाउँपालिकाका बाढि पहिरो पिडितलाई खाद्यान्न वितरण गरेको छ । सामाजिक काममा क्रियाशिल लायन्स क्लव अफ बुटवल, लायनेश क्लव अफ बुटवल र लियो क्लव अफ बुटवले संयुक्त रुपमा खाद्यान्न वितरणको कार्यक्रम गरेको हो ।
‘लायन्स डिष्ट्रिक डिजास्टर रेस्क्यु एण्ड रिलिफ’ कार्यक्रम अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ र ३ का बाढि पहिरो पिडित १५ परिवारलाई खाद्यान्न वितरण गरिएका क्लवका अध्यक्ष संजय जयसवालले जानकारी दिनुभयो ।
क्लवले प्रति परिवार २५ किलो चामल, २ किलो दाल, ४ प्याकेट सोयाविन, ५ किलो आलु, २ लिटर तेल, १ किलो नुन र १ कार्टुन चाउचाउ वितरण गरेको हो ।
त्यस अवसरमा बोल्दै लायन्स क्लवका पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठले बाढी पहिरो प्रभावितलाई लक्षित गरेर खाद्यान्न प्रदान गरेकोमा क्लवलाई धन्यवाद दिँदै क्लवले गरेको उक्त कार्य ती परिवारको काटेको घाउमा मलमपट्टिको काम भएको उल्लेख गर्नुभयो ।
त्यस्तै तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर खड्गी मगरले बाढी पहिरो प्रभावितका लागि राहत स्वरुप खाद्यान्न प्रदान गरेर लायन्स क्लवे राम्रो काम गरेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो ।
त्यस अवसरमा वडा नं. २ का अध्यक्ष राजेश श्रेष्ठ, लायनेश क्लव अफ बुटवलकी अध्यक्ष मीश्रा श्रेष्ठ, लियो क्लव अफ बुटवलका अध्यक्ष हिमालय भुसाल लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रममा लायन्स क्लव डिजास्टर रेस्क्यु एण्ड रिलिपका डिष्ट्रिक चिफ अर्जुनमान सैंजु, तिनाउ गाउँपालिका निवासी समाजसेवी अधिवक्ता महेन्द्रप्रसाद पाण्डे, तिनाउ गाउँपालिका वडा नं. ३ का अध्यक्ष प्रेम पाण्डे, तिनाउ गाउँपालिकाका अधिकृत यादव अर्याल लगायतको सहभागिता रहेको थियो ।