रुपन्देहीका पत्रकार नविन घिमिरेलाई पितृ शोक परेको छ । रुपन्देहीको सैनामैना निवासी घिमिरेका पिता ८४ वर्षीय कान्तुराम घिमिरेको आईतबार बिहान निधन भएको हो ।
प्रेसरले हानेपछि गम्भिर घिमिरेको उपचारकै क्रममा युनिभर्सल मेडिकल भैरहवामा निधन भएको हो । स्वर्गीय घिमिरेका श्रीमती, ५ भाई छोरा र दुई बहिनी छोरी हुनुहुन्छ । उहाँको निधन प्रति दुःख व्यक्त गर्दै नेपाल पत्रकार महासंघ रुपन्देही तथा नेपाल प्रेस युनियन रुपन्देहीले शोक व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।