सरकारले दिने निर्णय गरेको दशैं भत्ता नेकपाले सरकारको कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको छ । कोरोना भाईरस महामारीका बिच सरकारले जनप्रतिनीधिलाई दशैं भत्ता दिने र कोरोना भाईरस भएनभएको परीक्षण तथा उपचार समेत आफै व्यहोर्ने निर्णय गरेको थियो । सरकारको यस्तो निर्णयको सर्बत्र बिरोध भएपछि नेकपा संसदीय दलको सोमबार बसेको बैठकले पार्टीका सबै सांसदका दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।