छाडा चौपाय शिवनगर सामुदायिक बनमा व्यबस्थापन गरिँदै

1.3K

छाडा चौपाय शिवनगर सामुदायिक बनमा व्यबस्थापन गरिँदै

बुटवलको छाडा चौपाय व्यबस्थापनको लागि बुटवल उपमहानगरपालिका र वडा नं. ७ को शिवनगर सामुदायिक बन बिच दुई पक्षीय सहमति भएको छ । बुटवल बजारमा अस्तव्यस्त रहेको छाडा चौपाय व्यबस्थापन गर्नको लािग शिवनगर सामुदायिक बनले जग्गा उपलब्ध गराउने र बुटवल उपमहानगरपालिकाले त्यसको व्यबस्थान गर्ने गरि शनिबार बुटवल नगरपालिका र बनको तर्फबाट सहमति पत्रमा हस्ताक्षर समेत भएको छ ।


शिवनगर सामुदायिक बन क्षेत्रको करिव ४/५ कट्ठा जग्गामा कान्जी हाउस जस्तो बनाउने र आवश्यक व्यबस्थान नगरपालिकाले गर्ने तथा त्यसको रेखदेख सामुदायिक बन व्यबस्थापन समितिले गर्ने सहमति भएको हो । शनिबार बिहान भएको कार्यक्रममा नगरपालिकाको तर्फबाट नगरप्रमुख शिवराज सुवेदी र सामुदायिक बनको तर्फबाट शिवनगर सामुदायिक बनका अध्यक्ष नारायणबहादुर घिमिरेले उक्त सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ ।


तत्कालै काम सुरु हुनेगरी भएको सहमति भएको र उक्त बैठकमा नगरपालिका तथा पदाधिकारी सहित वडा नं. ७ का पार्टी प्रतिनीधिहरु सहभागि थिए ।