टिप्परको ठक्करबाट एकको मृत्यु

1.3K

टिप्परको ठक्करबाट एकको मृत्यु

टिप्परको ठक्करबाट आईतबार बुटवलमा एक जनाको ज्यान गएको छ । बुटवलको नयाँबस पार्क अंगाडी लु २ ख १९०५ नम्बरको टिप्परले ठक्कर दिँदा मोटरसाईलकमा सवार पाल्पा जिल्लाको निस्दि गाउँपालिकाका ५० वर्षीय मानबहादर स्वाठीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । स्वाठी बिद्युत कार्यालयका कर्मचारी रहेको समेत बुझिएको छ । दुर्घटना दिउसो ४ बजे भएको थियो ।
दुर्घटनामा परि गम्भिर घाईते स्वाठीलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु¥याईएपनि अस्पतालले तत्कालै मृत घोषणा गरेको थियो । ठक्कर दिने टिप्पर र टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।