ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

1.3K

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिका ६ चहलासिमल स्थित भित्री कच्ची सडकमा ट्याक्टर पल्टिदा एकको मृत्यु भएको छ । रैनादेवी छहरा ६ का १९ वर्षीय रमन भट्टराईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
दमारबाट माझिटोलतर्फ पराल लिएर आउदै गरेको लु ३ त ७१५६ नम्बरको ट्याक्टर मंगलवार साँझ करिव सवा ६ बजे अनियन्त्रित भई सडक देखी अन्दाजी दश मिटर तल खस्दा सहचालक भट्टराईको मृत्यु भएको हो ।
रैनादेवी छहरा ६ चहलाका १६ वर्षीया रक्षा केसी, १५ वर्षीय सबिक्षा केसी र १४ वर्षीय विकास रायमाझी घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।