प्रधानमन्त्री केपी ओलीले भोली मंगलबारको लागि सर्वदलीय बैठक बलाउनु भएको छ । बिहान ११ बजे बोलाईएको सर्वदलीय बैठकको विषय नखुलाईएपनि सबसामयिक बिषयमा छलफल हुने बताईएको छ ।
भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि गत ३१ बैशाखमा संसदमा प्रतिनीधित्व गर्ने दललाई प्रधानमन्त्रीले छलफलको लागि बोलाउनु भएको थियो । त्यस यता सर्वदलीय बैठक भएको थिएन ।
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री आफ्नो पार्टीमा अल्पमतमा परेका बेला बोलाईएको सर्वदलीय बैठकलाई पनि चासोका साथ हेरिएको छ । आफू अल्पमतमा परेकै कारण प्रधानमन्त्री ओली आईतबार बसेको स्थायी कमिटी बैठकमा समेत जानु भएको थिएन ।