सरकार बिरुद्ध काँग्रेस सडकमा जाँदै

1.3K

सरकार बिरुद्ध काँग्रेस सडकमा जाँदै

सरकारका गतिबिधिको बिरोधमा नेपाली काँग्रेसले सडक आन्दोलन तय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता, स्वास्थ्य सामाग्रि खरिदमा भएको भ्रष्टाचार तथा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको धरपकडको बिरोध गर्दै प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले सडक आन्दोलनको यात्रा तय गरेको हो । कोरोना भाईरस (कोभिड–१९) को नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता, स्वास्थ्य सामाग्रि खरिदमा भएको भ्रष्टाचार तथा तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल माथि भएको धरपकडको बिरोध गर्दै नेपाली काँग्रेसले यहि मंसिर २९ गते ७७ वटै जिल्लामा सडक आन्दोलनमा सहभागि हुन कार्यकर्तालाई आह्वान गरेको छ ।
पार्टीको बिहिबार बसेको बैठकले सडक प्रदर्शनको तयारीको बारेमा छलफल गरेको थियो । बैठकले २९ गते हुने प्रदर्शनमा पार्टीका नेता कार्यकर्ता, समर्थकहरुलाई सहभागि हुन अपिल गरेको छ । सरकारले अधिनायक वादको यात्रा अंगाडी बढाएको भन्दै त्यसका बिरुद्ध अव चरणवद्ध रुपमा सडक प्रदर्शन गर्ने काँग्रेसको तयारी छ । २९ गतेको प्रदर्शन प्रारम्भिक मात्रै भएको र प्रदर्शनलाई निरन्तरता दिने काँग्रेस नेताहरुले बताएका छन् ।