हाल तराईका अधिकांश भुभागहरुमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । मौषम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार तराईका धेरै स्थानहरुमा विहानको समयमा बाक्लो हुस्सु र कुहिरो लागेको भएपनि केही स्थानहरुमा अपरान्हसम्ममा सुधार हुनेछ ।
जल तथा मौषम बिज्ञान विभाग मौषम पूर्वानुमान महाशाखाले आईतबार बिहान जारी गरेको बुलेटीनमा बिहानपख लागेको हुस्सु र कुहिरो केही स्थानमा अपरान्हसम्म क्रमिक सुधार हुने भएपनि कुहिरो लागेको स्थानहरुमा राम्रोसंग घाम नलाग्ने भएकोले चिसोबाट बँच्न र यात्रा तथा अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन आग्रह गरिएको छ ।
तराईका केही ठाउँहरुका बिहान ८:४५ बजेको मौसमी अवस्था
| केन्द्र | तापक्रम (°C) | पारदर्शिता (Visibility)(m) |
| धनगढी | १३ | ७००० |
| नेपालगंज | १३ | ०१०० |
| भैरहवा | १५.८ | १२०० |
| सिमरा | १५.६ | ०५०० |
| जनकपुर | १६.२ | ०८०० |
| विराटनगर | १५ | ०१०० |