रुपन्देहीको तिलोत्तमामा ५० लाख रुपैंयाँको लगानीमा अत्याधुनिक लण्ड्री उद्योग सञ्चालनमा आएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ हाटबजार लाईनमा दुई जना युवाको लगानीमा अत्याधुनिक लण्ड्री उद्योग सञ्चालनमा ल्याइएको हो ।
यस क्षेत्रमा उद्योग व्यापारको क्षेत्रमा काम गर्दै आएका कुलचन्द्र भट्टराई र बिष्णुप्रसाद भट्टराईको समान लगानीमा बजारको आवश्यकता महसुस गरी आधुनिक प्रबिधिको लण्ड्री उद्योग सञ्चालन गरिएको सञ्चालक कुलचन्द्रले जानकारी दिनुभयो ।
‘शुभ मालिका लण्ड्री उद्योग’को नाममा सञ्चालन गरिएको लण्ड्री उद्योगमा कपडा धुने, सुकाउने, आईरन समेत अटोमेटिक मेसिनबाट गरिने उहाँले बताउनु भयो । छिटो छरितो रुपमा होम डेलीभरी समेत गर्ने गरी सुरु गरिएको उद्योगमा ५ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन् भने कामको चाप बढ्दै जाँदा अझै रोजगारी सिर्जना हुने भट्टराई बताउनु हुन्छ ।