सरकारले संवैधानिक परिषदमा बहुमत सदस्यको उपस्थितीमा बैठक बस्न सक्नेगरी अध्यादेश ल्याएको छ । सरकारले प्रधानमन्त्री सहित तीन जनाको उपस्थितीमा संवैधानिक परिषदको बैठक बस्न र निर्णय समेत लिन सक्नेगरी अध्ययादेश ल्याएको हो ।
प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश र उपसभामुख सदस्य रहने व्यवस्था थियो । अहिले उपसभामुख खाली छ । साविकको व्यबस्था अनुसार संवैधानिक परिषदको बैठक बस्नको लागि प्रधानमन्त्री सहित ५ जना अनिवार्य हुनुपर्ने थियो । संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न ल्याइएको अध्यादेशले परिषदको बैठक बस्न अध्यक्ष र कम्तीमा चार सदस्य सहभागी हुनुपर्ने साविकको व्यवस्थालाई संशोधन गरेको हो ।
राष्ट्रपतिबाट मंगलबार जारी गरिएको अध्यादेशमा ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ’ भनिएको छ । यसले अव परिषदका अध्यक्ष (प्रधानमन्त्री) सहित तीन जना उपस्थित भएमा बैठकको लागि गणपुरक संख्या पुरा भएको मानिनेछ ।
गत आईतबार प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र विपक्षी दलका नेता शेरबहादुर देउवा सहभागि हुनु भएको थिएन । मंगलबार बिहान बोलाएको बैठकमा विपक्षी दलका नेता देउवा सहभागि भएपनि सभामुख सापकोटा सहभागि हुनु भएन । संवैधानिक परिषदको बैठक बस्ने नसकेको केही समयमै राष्ट्रपति कार्यालयबाट परिषदमा बहाल सदस्यको बहुमत उपस्थितीमा बैठक बस्न सक्नेगरी अध्यादेश आएको हो ।
अध्यादेशले निर्णय व्यबस्थामा समेत संशोधन गरेको छ । यस अंगाडी सर्बसम्मत निर्णय हुनुपर्ने व्यबस्थालाई संशोधन गर्दै निर्णय समेत बहुमतको आधारमा गर्न सक्नेगरी संशोधन गरेको हो । साविकको व्यबस्थामा दोस्रो बैठकसम्म सर्वसम्म हुन नसकेमा तेस्रो बैठकले मात्रै बहुमतको आधारमा निर्णय गर्ने व्यबस्था थियो ।
सरकारले ल्याएको उक्त अध्यादेशको सवत्र्र बिरोध भएको छ । विपक्षी दलबाट मात्रै नभएर आफ्नौ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत उक्त अध्यादेश बदनियतपूर्ण रहेकोले खारेज हुनुपर्ने बताउनु भएको छ ।