बहुमत सदस्यको उपस्थिती र उपस्थित बहुमत सदस्यको निर्णयमा हुनेगरी संवैधानिक परिषद सम्बन्धि ल्याएको अध्यादेशको बिरोध भईरहेका बेला गरेको सिफारिसका निर्णय अहिले सार्वजनिक भएको छ । पार्टी भित्र र बाहिर पनि उक्त अध्यादेशको बिरोध भएपछि नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले फिता गर्ने सहमति गर्नुभएको थियो ।
पार्टी भित्रको आन्तरिक विवादका कारण संसद विघटन गरेपछि संवैधानिक परिषद बैठकले गरेका सिफारिसका पत्रहरु संसद सचिवालयमा पुगेका छन् । संवैधानिक परिषदका अध्यक्ष र बहाल रहेका बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न सक्ने गरी अध्यादेश ल्यापछि गत मंसिर ३० मा बसेको संवैधानिक परिषद बैठकले संवैधानिक आयोगहरुमा सिफारिस गरेको थियो ।
बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा प्रेमकुमार राई र आयुक्तमा जयबहादुर चन्दको नाम सिफारिस गरेको थियो । संसद बिघटनको सिफारिस राष्ट्रपतिले अनुमोदन गरेलगत्तै संवैधानिक निकायहरुमा नियुक्त गर्न गरेको सिफारिस गरिएको पत्र संसद सचिवालयमा पुगेको हो । त्यस्तै निर्वाचन आयोगमा दुई सदस्य सिफारिस गरिएको छ । संवैधानिक परिषदले निर्वाचन आयोगको सदस्यमा रामप्रसाद भण्डारी र डा. जानकी तुलाधरलाई सिफारिस गरेको छ ।
त्यस्तैगरी राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा सर्बोच्च अदालतका पूर्व न्यायधिश तपबहादुर मगरलाई नियुक्त गर्न सिफारिस गरेको छ । आयोगको सदस्यमा मनोज दुवाडी, सूर्य ढुंगेल, लिली बस्नेत थापा र मिही ठाकुरलाई सिफारिस गरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध गुरुङ र अमरराज मिश्र सिफारिस हुनु भएको छ ।
राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली, सदस्यहरुमा कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा, राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विक, सदस्यमा मीना सोब, परशुराम रम्तेल, कुञ्ज बराइली र मेहेले पार्की, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा मनप्रसाद खत्री, सदस्यहरुमा रामचन्द्र जोशी, हरिभक्त जोशी, जितेन्द्र पासवानलाई सिफारिस गरिएको छ ।
आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापा, सदस्यमा मीन श्रीस मगर, मिनसिंह लामा, रिना राना, चरण राई, मधेसी आयोगको सदस्यमा जिवक्ष साह, रेणुदेवी शाह, विजय गुप्ता, थारु आयोगमा विकास चौधरी, बबिता चौधरी, सुबोधसिंह थारु, भोलाराम चौधरी तथा मुस्लिम आयोगमा महमुद्दिम अलि र मिर्जाअर्सद बेग सिफारिसलाई सिफारिस गरिएको छ ।