संसद बिटनको बिरोध गर्दै सरकारका सात मन्त्रीले सामुहिक राजीनामा दिएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मन्त्रीहरुले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री समेत रहेका पार्टीका अध्यक्ष केपी ओलीले संसद विघटनको लागि राष्ट्रपतिलाई सिफारिस गरेको र उक्त विवादिद सिफारिस राष्ट्रपतिले अनुमोदन गरेपछि कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, उर्जामन्त्री र्षमान पुन, बनमन्त्री शक्ति बस्नेत, शिक्षामन्त्री गिरिराजमणी पोखरेल, खानेपानी मन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादवले राजीनामा दिनुभएको हो ।
तर पूर्व माओवादीबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा बादल र उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ट बालुवाटारमा प्रधानमन्त्रीसंग छलफलमा रहेको बताईएको छ । गृहमन्त्री थापाले पार्टी एकता कार्यान्वयन गराउनको लागि महाधिवेशन नहुँदासम्म आफू तटष्थ बस्ने बताउँदै आउनु भएको थियो ।