बुटवलमा ओरेन्टियल कुजिन (एसियन डिस्क) फूड फेस्टिवल

1.3K

बुटवलमा ओरेन्टियल कुजिन  (एसियन डिस्क) फूड फेस्टिवल

विगत तीन वर्षदेखि होटल म्यानेजमेन्टको क्षेत्रमा अध्यापन गराउँदै आएको बुटवलको हस्पिटालिटी कलेजले ‘ओरेन्टियल कुजिन’ (एसियन डिस्क) फूड फेस्टिवल गरेको छ । कलेजमा अध्ययन गर्ने बिद्यार्थीलाई ईभेन्ट म्यानेजमेन्ट सम्बन्धि जानकारी गराउनको लागि बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगरमा रहेको हस्पिटालिटी कलेजले प्रत्येक वर्ष यो कार्यक्रम गर्दै आएको छ ।
शुक्रबार कलेजमै आयोजना गरिएको ओरेन्टियल फूड फेस्टिवलमा एसियन कन्ट्रिहरु जापनिज, चाईनिज, थाई कोरियन खाना प्रस्तुत गरिएको कलेजका प्रवन्ध निर्देशक सुशिल गिरीले जानकारी गराउनु भयो । यस्ता कार्यक्रममा बिद्यार्थीलाई ईभेन्टहरुमा कसरी काम गर्ने, आएका मान्छेहरुसंग कस्तो व्यबहार गर्ने, उनीहरुसंग कसरी प्रस्तुत हुने लगायतका व्यबहारिक तथा शैद्धान्तिक ज्ञान प्रदान गरिने उहाँले बताउनु भयो । कलेजले ६ महिनाको डिप्लोमा ईन होटल म्यानेजमेन्ट, डिप्लोमा ईन कौलिनरी आर्ट र छोटो अवधिको बेकरी एण्ड कन्फेक्सनरी बारिस्ट, बारटेन्डर कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यहाँ अध्ययन गरेका बिद्यार्थीलाई थप १ वर्षे प्रयोगात्मक अध्ययनको लागि कलेजले चाईन, भारत, थाईल्याण्ड र टर्कीमा पठाउने गरेको छ । त्यसको लागि कलेजले चाईनाको हाइनन् विश्वबिद्यालय र अन्य देशका स्टार लेवलका होटलहरुसंग समन्य गरेको समेत कलेजका एकेडेमिक डाईरेक्टर उमंग पौडेलले जानकारी गराउनु भयो ।
होटल म्यानेजमेन्ट क्षेत्रमा अध्ययन गरेर विज्ञता हासिल गरेका गिरी र पौडेल सहित प्रिन्सिपल आशिस केसी र कोर्डिनेटर गोपाल राना गरी ४ जनाको लगानीमा सञ्चालित उक्त कलेजले एक सिजनमा ५० जना बिद्यार्थी मात्रै भर्ना गर्ने र उनीहरुलाई पूर्ण रुपमा दक्ष बनाउने गरी काम गरेको कलेजको दावी छ । कलेजका अनुसार अध्ययन पुरा गरेका बिद्यार्थीहरु अहिलेसम्म खाली हात समेत बस्नुपरेको छैन । प्रिन्सिपल आशिस केसीले उत्पादित जनशक्तिमध्ये करिव ७० प्रतिशत रोजगारीको लागि बिदेशमा जाने गरेको र बाँकी ३० प्रतिशत बिद्यार्थीले नेपालमै रोजगारी गरेको जानकारी दिनुभयो । ‘अहिले कोभिडका कारणले केही समस्या भएहोला, नत्र कोही पनि खाली बस्नु परेको छैन ।’ –उहाँले भन्नुभयो ।