नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा श्रेष्ठ र शर्माको उम्मेदवारी

1.3K

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा श्रेष्ठ र शर्माको उम्मेदवारी

नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । आगामी तीन वर्षे कार्यकालको लागि अध्यक्ष पदमा बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थनगर उद्योग बाणिज्य संघ भैरहवाबाट कृष्णप्रसाद शर्माको उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी गराउनु भयो ।

प्रदेशको दुई उपाध्यक्ष पद र एशोसियट तर्फको दुई कार्यकारिणी सदस्य पदमा भने निर्बिरोध भएको छ । जिल्ला नगरको तर्फबाट उपाध्यक्ष पदमा रोल्पा उद्योग बाणिज्य संघबाट बालकृष्ण सुवेदी र एशोसियट तर्फको उपाध्यक्ष पदमा रोहिणी ईन्भेष्टमेन्ट प्राली रोहिणी रुपन्देहीका दिपककुमार पौडेलको एकल उम्मेदवारी परेपछि दुई उपाध्यक्ष पदमा निर्बिरोध भएको हो ।

महासंघ लुम्बिनी प्रदेशको एक कोषाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी गरेको छ । कोषाध्यक्ष पदमा देवदह उद्योग बाणिज्य संघबाट गोपाल ढकाल र देउखुरी उद्योग बाणिज्य संघबाट रत्नप्रसाद श्रेष्ठ उम्मेदवारी परेको हो । जिल्ला नगरको तर्फबाट ५ कार्यकारिणी सदस्य पदमा ६ जनाको उम्मेदवारी परेको छ । कार्यकारिणी सदस्य पदमा ज्ञानुराम न्यौपाने (प्युठान उवासंघ), टेकबहादुर शाह (बर्दिया उवासंघ राजापुर), भोजेन्द्रप्रकाश ढकाल (रामपुर उवासंघ रामपुर, पाल्पा), भिमबहादुर श्रेष्ठ (पाल्पा उवासंघ तानसेन, पाल्पा), रामसिंह थारु (बासगढी उवासंघ, वर्दिया) र नरेन्द्रप्रसाद शर्मा (कोहोलपुर उवासंघ, बाँके) को उम्मेदवारी परेको हो ।

एशोसियटबाट दुई कार्यकारिणी सदस्य पदमा पनि निर्बिरोध भएको छ । एशोसियट तर्फ स्वर्गद्वारी मल्टिप्रपोज प्राली सुनवलका गोपालप्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्काको एकल उम्मेदवारी परेपछि एशोसियट तर्फको कार्यकारिणी सदस्यमा पनि निर्बिरोध भएको हो । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अधिवेशनमा ३० वटा जिल्ला नगर उद्योग बाणिज्य संघ र एशोसियट तर्फ ११२ मत छ । महासंघको बिधान अनुसार जसको मतभार जिल्ला नगरतर्फ ५० प्रतिशत र एशोसियट तर्फ ३० प्रतिशत रहेको छ । महासंघ लुम्बिनी प्रदेश कार्यसमिति आगामी कार्यकालको लागि यहि २५ गते प्रदेश अधिवेशन हुँदैछ ।