प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भन्दै आएको नेपाली काँग्रेसले आज (बिहिबार) त्यसको बिरुद्ध मुलुक भरको वडामा प्रदर्शन गरेको छ । संसद विघटनको बिरोध गर्दै चरणवद्ध रुपमा बिरोधका कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले मुलुक भरका ६ हजार ७४३ वटै वडामा बिरोध प्रदर्शन गरेको हो ।