पत्रकार केसी र रक्तदान अभियानका अभियान्ता चौहानलाई बुटवल जेसीजको सम्मान

1.3K

पत्रकार केसी र रक्तदान अभियानका अभियान्ता चौहानलाई बुटवल जेसीजको सम्मान

बुटवलका पत्रकार तेजेन्द्र केसीलाई बुटवल जेसीजले प्रदान गर्ने गाणेशमान सैंजु स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । बुटवल जेसीजका मानार्थ सदस्य स्वर्गीय गणेशमान सैंजुको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार रातोपार्टीका प्रदेश प्रमुख केसीलाई प्रदान गरिएको हो ।
त्यस्तै बुटवल जेसीजले प्रदान गर्दै आएको वर्ष उत्कृष्ट युवा सम्मान नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई प्रदान गरिएको छ । रक्तदान अभियानका अभियान्ता चौहानले रगतको परिपूर्तिमा पु¥याएको योगदानको कदर गर्दै उत्कृष्ट युवा सम्मान प्रदान गरिएको हो ।

बिहिबार साँझ बुटवलमा आयोजना गरिएको बुटवल जेसीजको ४७ औं पदस्थापन कार्यक्रममा उहाँहरुलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले प्रसंशा पत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो । त्यस अवसरमा बोल्दै विघटित प्रतिनीधि सभाका सदस्य समस्य रहनु भएका युवा नेता थापाले संसद पुनःस्थापना भएन भने मुलुक अध्यारो सुरुङ्मा जाने निश्चित रहेको बताउनु भयो ।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउनको लागि नभई नायक बन्नको लागि संसद (प्रतिनीधि सभा) विघटन गरेको बताउँदै कसैलाई नायक बन्ने भन्दा पनि मुलुकलाई बिधि र पद्धतीबाट अगाडी बढाउनु पर्ने भनाई राख्नुभयो । यस विषयमा बिधिको शासनको पक्षमा वकालत गर्ने जेसीज पनि दृढता पूर्वक उभिन आगं्रह गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फकरुद्धिन खानले बुटवल जेसीजले युवामा नेतृत्व तथा व्यक्तित्व बिकासका कार्यक्रम सञ्चालन गर्दै आएको आफूले नजिकबाट नियाल्ने अवसर पाएको बताउँदै जेसीज अभियानमा आफ्नो साथ र समर्थन रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा बुटवल जेसीजका अध्यक्ष राजिव गौतमले नवनिर्वाचित गोपालप्रसाद चापागाई नेतृत्वको नयाँ कार्यसमितिलाई पद हस्तान्त्रण सहित पदस्थापन गराउनु भएको थियो । कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष चापागाईले बुटवल जेसीजले यस अंगाडी सञ्चालन गर्दै आएका नेतृत्व तथा व्यक्तित्व बिकासका कार्यक्रमलाई निरन्तरता दिने तथा रचनात्मक कार्यक्रम ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । एक वर्षे आफ्नो कार्यकालमा आफूलाई सहयोग गर्ने, जेसीज अभियानका कार्यक्रमको संयोजन गर्नेहरुलाई समेत सम्मान गरिएको थियो ।