केपि ओलीको ‘श्री ३ महाराज’ बन्ने सपना चुट्कीको भरमा अन्त्य हुन्छ : प्रचण्ड

1.3K

केपि ओलीको ‘श्री ३ महाराज’ बन्ने सपना चुट्कीको भरमा अन्त्य हुन्छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपि ओली सामन्ती भूमिकाको एजेन्ट भएको आरोप लगाउँदै ओलीको श्री ३ महाराज बन्ने योजना चुट्कीको भरमा अन्त्य गरिदिने चेतावनी दिनुभएको छ ।
प्रतिनीधि सभा (संसद) विघटनको बिरोधमा आफ्नो पार्टीले बिहिबार बुटवलमा आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष प्रचण्डले सर्बोच्च अदालतले संसद पुनःस्थापना गर्ने विश्वास गर्दै केही महिना भित्रै ओलीको सपना अन्त्य हुने दावी गर्नुभयो । उहाँले अदालतले संसद पुनःस्थापना गरेन भने त्यो भन्दा ठूलो अदालत जनता भएको र जनताको आन्दोलनको बलले संसद पुनःस्थापना गर्ने समेत उल्लेख गर्नुभयो ।
तीन वर्ष अंगाडी चुनावमा बामपन्थी गठबन्धन र पार्टी एकताले एउटा युगको अन्त्य गरि समृद्धिको युगमा मुलुकलाई प्रवेश गराउने विश्वास गरेको भएपनि ती वर्ष वित्न नपाउँदै पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सहमती तोडेर संविधान च्यात्ने काम गरेको आरोप समेत उहाँले लगाउनु भयो ।
अध्यक्ष प्रचण्डले पार्टी एकता जोगाउनकै लागि आधा–आधा प्रधानमन्त्री चलाउने सहमति समेत छोडेर आफूले पुरै ५ वर्ष ओलीलाई प्रधानमन्त्री चलाउन दिएको बताउँदै ओलीले श्री ३ महाराजको सपना देखेर लोकतन्त्र र संविधानको हत्या गर्ने काम गरेको समेत आरोप लगाउनु भयो ।