लायन्स एरिया ४ अन्तरगत लायन्स क्लव अफ बुटवल युथले आगामी फागनु १ गते बुटवलमा ‘लायन्स फेलोशिप नाईट’ कार्यक्रम गर्ने भएको छ । सामाजिक कार्यक्रमको लागि फण्ड संकलन गर्ने उद्देश्यले बुटवल कालिकानगर स्थित महाराजा रिसोर्टमा ‘एरिया ४, लायन्स फेलोशिप नाईट वीथ फन’ कार्यक्रम गर्न लागिएको होस्ट क्लव लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष कमलुद्धिन मियाले जानकारी गराउनु भयो ।
उक्त कार्यक्रम संयोजनको लागि क्लवका संस्थापक अध्यक्ष जाकिर हुसेनको संयोजकत्वमा समिति गठन गरि उक्त समितिले तयारीका गतिबिधि अंगाडी बढाएको उहाँले बताउनु भयो । कार्यक्रममा लायन्स क्लवका डिष्ट्रिक गभर्नर शम्भु नकर्मी बिभिन्न लायन्स ओहोदाका व्यक्तिहरु सहभागि हुनु हुनेछ । साँझ ५ बजेदेखि ३ घण्टासम्म सञ्चालन गरिने उक्त कार्यक्रममा हास्य कलाकार राजा राजेन्द्र पोखरेल, गायिका अञ्जु घिमिरे, गायक अफ्सर अली, नृत्याङ्गना कबिता सेन्चुरी, कार्यक्रम सञ्चालक सुमन श्रेष्ठ लगायतको प्रस्तुती रहने संयोजक जाकिर हुसेनले बताउनु भयो ।
तीन सय जना सहभागि क्षमता रहेको उक्त कार्यक्रममा सहभागि हुनको लागि सिंगललाई १ हजार ५ सय र कपललाई २ हजार ५ सय रुपैंया टिकट शुल्क निर्धारण गरिएको छ । कार्यक्रममा एरिया ४ अन्तरगत रहेका क्लवहरुबाट उत्साहजनक सहभागिता हुने क्लवले अपेक्षा गरेको छ । कार्यक्रमका माध्यमबाट अन्य क्लवहरुसंग क्लवको समिप्यता बढाउने तथा सहकार्य गर्नकालागि अझ मद्धत मिल्ने समेत अध्यक्ष मियाले विश्वास व्यक्त गर्नुभयो ।