तिलोत्तमा ३ मा ट्रेड युनियन काँग्रेस गठन

1.3K

तिलोत्तमा ३ मा ट्रेड युनियन काँग्रेस गठन

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ३ मा नेपाल ट्रेड युनियन काँग्रेसको वडा समिति गठन गरिएको छ । नेपाल काँग्रेस वडा समितिको बिशेष सक्रियतामा ट्रेड युनियनको गठन गरिएको हो ।
नवगठित वडा समितिको अध्यक्षमा शालिकराम वस्ती, उपाध्यक्षमा भूमा वेलवासे, सचिवमा मञ्जु पाण्डे, कोषाध्यक्षमा शक्ति शाही र सहसचिवमा मोतिलाल शर्मालाई चयन गरिएको छ । यस्तैगरी कार्यसमितिको सदस्यहरुमा सोमनाथ ठाकुर, हरिप्रसाद उपाध्याय, रोमबहादुर थापा, हिराबहादुर विक, ईन्दिरा पराजुली र कृष्ण विकलाई चयन गरिएको छ ।
नवगठित समितिलाई नेपाली काँग्रेस रुपन्देहीका सदस्य हरिप्रसाद तिवारी, तिलोत्तमा नगर सचिव रामबहादुर थापा, वडा सभापति कर्णबहादुर टण्डन, नेपाल ट्रेड युनियन काँग्रेसका नगर अध्यक्ष भरत भुसाल, सचिव राजकुमार वाग्ले, बिपि विचार समाजका नगर अध्यक्ष कल्याण पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।