बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा पुनः हिरामणी भट्टराई निर्वाचित

1.3K

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा पुनः हिरामणी भट्टराई निर्वाचित

बुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा पुन हिरामणी भट्टराई निर्वाचित हुनु भएको छ । सुक्रबार साँझ सम्पन्न संघको १९ औं वार्षिक साधारण सभा तथा १० अधिवेशनबाट अध्यक्षमा भट्टराई सहित सिंगो कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।
अधिवेशनबाट संघको उपाध्यक्षमा उपेन्द्र अग्रवाल, महासचिवमा नेत्र नारायण भण्डारी, कोषाध्यक्षमा प्रज्वल थान्जु, सचिवमा कमल ज्ञवाली र कार्यसमिति सदस्यहरुमा सुमन बस्याल, यादव भण्डारी, रामप्रसाद खनाल, कौशलराज भण्डारी निर्वाचित हुनु भएको छ ।