काँग्रेसका सुभेच्छुक पेशागत संघसंस्थाको आह्वानमा सरकार विरुद्ध देशभर मौन प्रदर्शन

1.3K

काँग्रेसका सुभेच्छुक पेशागत संघसंस्थाको आह्वानमा सरकार विरुद्ध देशभर मौन प्रदर्शन

सरकारले संसद विघटन गरेको बिरोध गर्दै नेपाली काँग्रेसका सुभेच्छुक संघसंस्थाहरुले आज देशभर मौन प्रदर्शन गरेका छन् । संसद विघटनको बिरोधमा सडकमा उत्रिएको नेपाली काँग्रेसका सुभेच्छुक संघसंस्थाहरुले प्रधानमन्त्री केपि ओलीले संविधानमा हुदै नभएको व्यबस्थाको प्रयोग गरेर संसद विघटन गरेको भन्दै मौन प्रदर्शनमा उत्रिएका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल सांस्कृतिक संघ, नेपाल प्रेस युनियन लगायतका शुभेच्छुक संस्थाहरूको आहृवानमा शनिबार देशभर प्रदर्शन गरिएको हो । त्यस्तैगरी रुपन्देहीको राजमार्ग चौराहा मिलनचोकमा पनि ती संघसंस्थाले मौन प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले कालो मास्क तथा हातमा कालो पट्टि बाधेर प्रतिनिधसभा पुनःस्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर, सर्वसत्तावाद मुर्दावाद, पेसाकर्मीले चिन्यो वर्तमान सरकार, महामारीमा पनि भ्रष्टाचार, पेसाकर्मीलाई बनायो आहात, महामारीमा पनि दिएन राहत लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।