नेपालको मौषममा क्रमिक सुधार

1.3K

नेपालको मौषममा क्रमिक सुधार

पश्चिमी बायु पूर्वी नेपालबाट बाहिरिएसंगै नेपालको मौषममा केही सुधार भएको जल तथा मौषम विज्ञान विभाग, मौषम पूर्वानुमान महाशाखाले जनाएको छ । मौषम पूर्वानुमान महाशाखाले मौषम बुलेटिन प्रकाशित गर्दै पश्चिमी बायुको प्रभावका कारण अझै केही समय चिसो कायम रहिरहने तथा तराईका केही स्थानमा हुस्सु तथा कुहिरोको अझै सम्भावना रहेको पनि औल्याएको छ ।
पश्चिमी बायुको प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेको कारण अब भने मौषममा क्रमिक सुधार हुँदै जानेछ । पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभावका कारण कतिपय स्थानमा हिउँदे वर्षा हुनुका साथै उच्च पहाडी भागहरुमा हिउँ परेको थियो । पश्चिमी बायुको प्रभाव हटेपछि अब गर्मी सुरु हुने मौषमविदहरुले बताएका छन् ।