भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्नँ : प्रधानमन्त्री ओली

1.3K

भागरथी र निर्मला हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छाडिन्नँ : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले भागरथी भट्ट र निर्मला पन्त हत्याकाण्डका अपराधीहरु केही समयमै पक्राउ पर्ने बताएका छन् । नेकपा (ओली समूह) ले शनिबार बुटवलमा आयोजना गरेको आमसभामा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सरकारलाई बदनाम गर्न केही अपराधिक तत्वहरु क्रियाशील रहेको भन्दै उनीहरुलाई कानुनी दायरामै ल्याएरै छाड्ने दाबी गरे ।
’तपाईंहरुको अगाडि म भन्न चाहन्छु, निर्मलालाई बलात्कार गरेर हत्या गर्ने कुरा होस् अथवा भागरथी हत्याकाण्ड होस्, यस्ता हत्याकाण्डका अपराधीहरुलाई पानीमुनि गए पनि छोडिने छैन । विश्वका कुनै पनि भागमा भागेर पुगे पनि छोडिने छैन । उनीहरुलाई कानुनी दायरामा ल्याएर कारबाही गरेरै छोडिने छ’, प्रधानमन्त्री ओलीले भने ।

अपराधीहरु कारबाहीको डरले भागेर जिन्दगी बिताए पनि कुनै न कुनै दिन पक्राउ पर्ने र उनीहरुको सजाय छुट नहुने बताए । नेकपाको ओली पक्षले आज बुटवलमा आयोजना गरेको प्रदेश स्तरको जनसभालाई सम्बोधन गर्दै संसद चल्नसक्ने अवस्था नभएपछि र अर्को सरकार पनि बन्न सक्ने अवस्था नभएपछि आफुले संसद विघटन गर्नु परेको बताए ।

उनले बहुमत प्रधानमन्त्रीको हैसियतले संसद विघटन गरेको बताउंदै काम गर्न नदिने, अस्थिरता तर्फ लैजाने पार्टी भित्रै असहयोग भएकाले संबिधान सम्मतरुपमा संसद विघटन गरेको दाबी गरे ।

उनले संसद पुनस्र्थाना भएको अवस्थामा कुनै दलको बहुमत नपुग्ने र पुन अस्थिरता, सांसद किनबेच र संसदीय ब्यवस्था नै बदनाम हुने अवस्था आउने चतावनी दिंदै जनताले पुनः स्थिर सरकार दिएर विकासको बाटो खोल्नु पर्ने बताए । प्रधानमन्त्री ओलीले अस्थिरता आउने गरि अदालतले फैसला नगर्ने बिश्वास ब्यक्त गरे ।

३ दिन अगाडी देशभरीबाट जम्मा भएका केहि मान्छे देखाउंदै आफुलाई मान्छे हेर्न बोलाएको प्रशंग कोटेयाउँदै प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशको जनता र जनसहभागिता हेर्न आउन प्रचण्ड-नेपाल पक्षलाई उनले आग्रह गरे । उनले बुटवलको उपस्थितीलाई अस्थिरताका विरुद्ध दिएको जवाफको संज्ञा दिए ।