नेपाली काँग्र्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुुर देउवाले मान्छेको भिड भन्दा पनि संविधान र कानुन हेरेर चाडो निर्णय गर्न अदालत र निर्वाचन आयोगलाई आग्रह गर्नु भएको छ । उहाँले संसद विघटन विरुद्ध अदालतमा परेको मुद्धा विचाराधिन रहेकाले नेपाली काँग्रेसले अदालतको निर्णयलाई कुरेर बसेको समेत बताउनु भयो ।
नेपाली काँग्रेस रुपन्देहीले सोमबार जिल्ला सदरमुकाम भैरहवामा आयोजना गरेको संसद विघटन बिरुद्धको बिरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले संसद विघटन बिरुद्धको मुद्धा सर्बोच्च अदालतलाई र नेकपाको आधिकारिकताको विवाद चाडो टुङ्ग्याउन निर्वाचन आयोगलाई आग्रह गर्नुभएको हो । संवैधानिक सबोच्चता र स्वतन्त्र न्यायपालिका नेपाली काँग्रेसले अख्तियारी गरेकोले न्यायालयले दिने निर्णयलाई पार्टीले स्वागत गर्ने बताउँदै सभापति देउवाले अदालतको निर्णय पर्खिन समेत नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

उहाँले संसद विघटनपछि पार्टीमा समेत विवाद आएको बताउँदै संसद पुनस्थापना भए संसदमा र पुनःस्थापना नभए चुनावमा जान नेपाली काँग्रेस तयार रहेको भनाई राख्नुभयो । सरकारले संसद विघटन गरेर चुनावको मिति समेत तय गरिसकेकाले निर्वाचन आयोगले अलमल नगरिकन तयारीको काममा लाग्न समेत आग्रह गर्नुभयो । ‘निर्वाचन आयोगले निर्वाचन तयारीको काम गरेको देखिँदैन ।’ उहाँले भन्नुभयो – ‘निर्वाचन गराउन सकिदैन भने सकिँदैन भन्नुपर्यो ।’

त्यस्तै उहाँले नेकपाको आधिकारिकताको विवाद टुङ्ग्याउनको लागि कसको भिड कस्तो छ भनेर हेर्न आवश्यक नरहेको बताउँदै कानुन अनुसार चाडो निर्णय गर्न आग्रह गर्नुभयो । ‘एउटा सूर्य दुईवटा पार्टीलाई दिन मिल्दैन होला ।’ उहाँले भन्नुभयो – ‘सूर्य चिन्हमा विवाद हुन्छ, दिन मिल्दैन भने अरु कुनै दिए हुन्छ ।’
संविधान सभाको चुनाव गराएर राजा हटाए पनि अहिले कम्युनिष्ट नेताहरु राजा भन्दा पनि ठूला राजा बनेको आरोप लगाउनु भयो । उहाँले चुनाव अंगाडी कम्युनिष्ट सरकार आयो भने रुन पनि पाईदैन भनेको स्मरण गर्दै अहिले स्थिती ठिक त्यहि भएको बताउनु भयो ।

कार्यक्रममा विघटित प्रतिनीधि सभाका प्रमुख सचेतक तथा पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भएको दावी गर्दै प्रधानमन्त्री केपी ओलीलाई घुडा टेकाएरै छाड्ने बताउनु भएको छ । उहाँले कोभिड १९ महामारीको समयमा समेत छिमेकी मुलुकहरुले राहत प्याकेज ल्याएको बताउँदै नेपालमा कम्युनिष्ट सरकारले राहत प्याकेज ल्याउने भन्दा पनि स्वास्थ्य रामाग्रि खरिद गर्दा समेत भ्रष्टाचारमा डुबेको आरोप लगाउनु भयो ।

त्यस्तै काँग्रेस नेता तथा प्रतिनीधि सभा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको बताउनु भयो । उहाँले प्रधानमन्त्री केपी ओलीलाई उक पटक संविधान पढ्न समेत आग्रह गर्नुभयो । ईतिहासमै यो सकारले बिकास गरेको सरकारको दावी प्रति उहाँले भाट (उनको चुक्ली र चाप्लुसीमा रमाउने) हरुले मात्रै बिकास देखेको आरोप लगाउनु भयो ।
जिल्ला सभापति अब्दुल रज्जाकको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनीधि सभाका सदस्य प्रमोद यादव, लुम्बिनी प्रदेश सभा सदस्य रिमा अर्याल, नेपाल बिद्यार्थी संघका उपसभापति मुक्तिराज पौडल, उपसभापति अनिता चौधरी, क्षेत्रीय सभापति मात्रिका यादव, जिल्ला सचिव रामकृष्ण खाँण लगायतले पार्टीलाई मजबुद र गतिशिल बनाउनको लागि भातृ संस्थाहरुलाई पूर्णता दिन सभापति देउवालाई आग्रह गर्नुभएको थियो ।