सरकारले २ नं. प्रदेशको प्रदेश प्रमुख तिलक परियारलाई हटाएर रौतहटका राजेश झालाई नियुक्त गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई हटाएर झालाई नियुक्त गर्नुभएको हो ।
२ नं. प्रदेशको प्रदेश प्रमुखमा नियुक्तिसंगै शुक्रबार नै सपथ समेत गराईएको छ । तर उक्त निर्णयमा असन्तुष्ट रहेका उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्नीप्रसाद सापकोटाले भने सपथ समारोहलाई बहिस्कार गर्नुभएको छ ।
उक्त समारोहमा राष्ट्रपति भण्डारी, प्रधानमन्त्री केपी ओली र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना मात्रै सहभागि हुनु भएको थियो । संसद विघटन गर्ने सरकारको कमद प्रति उपराष्ट्रपति पुन र सभामुख सापकोटाले असहमति राख्दै आउनु भएको छ ।
त्यस्तैगरी प्रदेश परियारलाई अटाएर झालाई गरिएको नियुक्ति प्रति नेपाली काँग्रेसले आपत्ति प्रकट गरेको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती प्रकाशित गरेर प्रदेश प्रमुखको वर्खास्ती र नयाँ नियुक्तिको बिरोध गर्नुभएको हो ।