शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई समुदायले खोजे जस्तो बैंक बनाउछौं : अधिकृत पौडेल

1.3K

शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई समुदायले खोजे जस्तो बैंक बनाउछौं : अधिकृत पौडेल


बुटवल । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफुलाई समुदायले खोजे जस्तो बैंकको रुपमा अगाडि बढाउने दावी गरेको छ । करिब १२ बर्ष अघि स्थापना भएको बैंकले समुदायको भावना र चाहाना अनुसार अगाडि बढाउदै आएको दावी बैंकको छ ।


बुटवलको कालिकानगरमा नव निर्मित भवनबाट सेवाप्रवाह सुरु गर्न लागेको बैंकले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बैंक समुदायको हित भन्दा बाहिर नजाने र समुदायले खोजे जस्तो बैकको रुपमा लैजाने बताउनु भयो ।

बैकका अध्यक्ष थानेश्वर पौडेलले १२ बर्षअघि ६ करोड पु्ंजीबाट सुरु गरिएको बैंकको चुक्ता पुंजी ३ अर्व ४० करोड र जगेडा कोष ७२ करोड गरी ४ अर्व १२ करोड पुगेको जानकारी दिनुभयो । बैंककमा हाल ३३ अर्व १२ करोड निक्षेप रहेको र ३० अर्व ५० करोड कर्जा प्रवाह गरिएको तथा ४ लाख २३ हजार ग्राहक रहेको बैंकले जनाएको छ ।

बैंकले लघु, घरेलु तथा साना उद्यम १५ लाखसम्मका उद्यम, व्यापार व्यावसाय कर्जा अन्तर्गत ३०४ जना ऋणीलाई रु. २४ करोड ५ प्रतिशत व्याज दरमा प्रदान गरिएको छ ।

महिला उद्यमी, फरक ढंगले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम व्यावसाय, प्राकृतिक प्रकोपवाट प्रभावित क्षेत्रमा ६ जना ऋणीलाई रु. ४ करोड १९ लाख ३ प्रतिशत ब्याज दरमा विशेष पुनरकर्जा प्रदान गरिएको छ ।

बैंकका अध्यक्ष पौडेलका अनुसार बैंकको काठमाडौंमा २ वटा सहित देशभर ७८ वटा साखा कार्यालय र ३ वटा एक्स्टेन्सन काउण्टर रहेका छन ।अध्यक्ष पौडेलले बैंकले कुल कर्जाको २४.६९ प्रतिशत लगानी उत्पादनशिल क्षेत्रमा र १०.९९ प्रतिशत लगानी कृषि क्षेत्रमा गरेको जानकारी दिनुभयो ।

बैंकले यस अघि अनुमतिलिदा लुम्बिनीका ३ जिल्लालाई कारोवार र साखा सन्चालन गर्ने गरि अनुमति लिएकोमा राष्ट्र बैंकको निर्देशन अनुसार गुल्मीको रेसुंगा बिकास बैंक,प्युठानको गौमुखी बिकास बैंक, भैरहवाको पुर्णिामा बिकास बैंक र नेपालगन्जको भार्गव बिकास बैंकलाई मर्ज गरि राष्ट्रिय स्तरको बिकास बैंक बनेको अध्यक्ष पौडेलले बताउनु भयो ।
त्यसैगरी बैकमा २७२ महिला र ३३५ जना महिला गरि ६०७ कर्मचारी तथा १६७ जना सुरक्षागार्ड गरी ७७४ जनाले रोजगारी प्राप्त गरेका छन् ।