नवलपरासीको दुम्कौलीमा दुई वटा ट्रक आपसमा ठोकिदा दुबै ट्रकका चालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगर्त पूर्वी नवलपरासीको दुम्कौली भन्ने स्थानमा ना ६ ख ३०११ र ना ७ ख ७०२३ नम्बरका दुई वटा ट्रक आपसमा ठोकिदा दुबै चालकको मृत्यु भएको हो ।
दुर्घटनामा ना ६ ख ३०११ नं. ट्रकका चालक पोखरा महानगरपालिका वडा नं. १५ का ५१ वर्षीय खिमबहादुर बिक र ना ७ ख ७०२३ नं. ट्रकका चालक मकवानपुरगढी गाउँपालिकाका ३५ वर्षीय राजकुमार न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका उनीहरुको उपचारको क्रममा जिल्ला अस्पताल डण्डामा मृत्यु भएको हो । दुर्घटनामा परि दुबै ट्रकका सहचालक घाईते भएका छन् ।