आजिवन सदस्य भट्टराई र कार्यसमिति सदस्य पौडेललाई शान्ति समाजमा सम्मान

1.3K

आजिवन सदस्य भट्टराई र कार्यसमिति सदस्य पौडेललाई शान्ति समाजमा सम्मान

मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले समाजका आजिवन सदस्य बिमलराज भट्टराई र कार्यसमिति सदस्य जमुना पौडेललाई सम्मान गरेको छ । समाजका आजिन सदस्य भट्टराई बुटवल उद्योग बाणिज्य संघको महासचिव पदमा र कार्यसमिति सदस्य पौडेल संघको कार्यसमिति सदस्य पदमा निर्वाचित भएकोमा समाजले सम्मान गरेको हो ।
त्यस अवसरमा बोल्दै संघका नवनिर्वाचित महासचिव भट्टराईले उद्योगी व्यबसायीका समस्या समाधानको लागि आफूहरु प्रयत्नशिल रहने बताउनु भयो । त्यस्तै नवनिर्वाचित सदस्य पौडेलले संघको प्रवेशले केही कुरा सिक्ने मौका मिलेको बताउँदै आफ्नो हालसम्म लिएको अनुभवलाई त्यहा कार्यान्वयन गर्ने बताउनु भयो ।
त्यस अवसरमा समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोबिन्द खनालले समाजको नामलाई उच्च बनाउने गरी काम गर्न आग्रह गर्नुभयो । समाजका जिल्ला सभापति डिपि खनालको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य मीना ढकाल, पूर्व सभापति लालहरी पाण्डे, सचिव कपिल ज्ञवाली लगायतले संघमा नवनिर्वाचित दुबै जनालाई बधाई ज्ञापन गर्नुभएको थियो ।