विप्लवसंग वार्ताको लागि सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा २ सदस्य वार्ताटोली बनाए लगत्रै नेत्रबहादुर चन्द नेतृत्वको विप्लव समुहले पनि वार्ता टोली बनाएको छ । विप्लव समुहले पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्माको नेतृतवमा केन्द्रीय सदस्य दिपक समेत रहेको २ सदस्यीय वार्ता टोली बनाएको हो ।
प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका महासचिव नेत्रबिक्रम चन्दले मंगलबार एक प्रेस विज्ञप्ती प्राकाशित गरि दुई सदस्यीय उच्च स्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउनु भएको हो ।
