सरकार–विप्लव वार्ता : ‘शान्तिपूर्ण आन्दोलनमा सहभागि हुने भन्ने’मा सहमति

1.3K

सरकार–विप्लव वार्ता : ‘शान्तिपूर्ण आन्दोलनमा सहभागि हुने भन्ने’मा सहमति

सरकार र प्रतिबन्धित विप्लव समुह बिच बुधबार पहिलो चरणको वर्ता भएको छ । दुबै पक्षले औपचारिक वार्ता टोली गठन गरेको भोली पल्टै (बुधबार) दुबै पक्ष वार्तामा बसेर प्रारम्भिक छलफल गरेका थिए ।
प्रारम्भिक वार्तामा आगामी वार्ताको लागि मोडालिटी सम्बन्धि प्रारम्भिक छलफल भएको बताईएको छ । पहिलो वार्तामा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबाट थुनामा रहेका विप्लवका नेता कार्यकर्ताको विस्तृत विवरण झिकाउने र शान्तिपूर्ण आन्दोलनमा सहभागि हुने भन्ने विषयमा सहमती बनेको छ ।
विप्लव समुहले जेलमा रहेका आफ्ना नेता कार्यकर्ता रिहा गर्नुपर्ने र हातहतियार सम्बन्धि मुद्धा फिर्ता गर्नुपर्ने सर्त राखेको छ । यी विषयमा बिहिबार थप छलफल हुने बताईएको छ । वार्तामा सरकारी पक्षका वार्ता टोली संयोजक गृहमन्त्री रामबहादुर थापा र सदस्य राजन भट्टराई तथा विप्लवको तर्फबाट वार्ता टोली संयोजक खड्गबहादुर विश्वकर्मा र सदस्य उदय चलाउने सहभागि हुनुहुन्थ्यो ।
पहिलो चरको वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीले प्रतिकृया दिएको छ ।