मिडिया नेपालको राष्ट्रिय भेला बुटवलमा हुँदै

1.3K

मिडिया नेपालको राष्ट्रिय भेला बुटवलमा हुँदै


बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट पत्रकारहरूको संस्था मिडिया नेपालले बुटवलमा गर्ने दोस्रो राष्ट्रिय भेलाको तयारी पुरा भएको छ । फागुन २१ र २२ गते राष्ट्रिय भेलाको तयारी पुरा भएको विहिबार बुटवलमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

देशभक्त, राष्ट्रवादी र व्यबसायिक पत्रकारलाई एकताबद्ध गर्ने, आगामी कार्यदिशा तय गर्ने तथा आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनलाई समेत मध्यनजर गर्दै राष्ट्रिय भेला गर्न लागेको मिडिया नेपालका अध्यक्ष गोपाल पौड्यालले बताउनु भयो ।

राष्ट्रिय भेलामा देशभर रहेका मिडिया नेपालका करिब २५० अगुवा प्रतिनिधि सहभागी हुने र मिडिया नेपालको देशब्यापी संजाल बनाउने अभियानको क्रममा राष्ट्रिय भेला आयोजना हुन लागेको पौड्यालले बताउनु भयो । राष्ट्रिय भेलालाई पार्टिका अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरा लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पौड्यालले बताउनु भयो ।