शान्ति समाज रुपन्देहीलाई पुनः उत्कृष्ट जिल्लाको सम्मान

1.3K

शान्ति समाज रुपन्देहीलाई पुनः उत्कृष्ट जिल्लाको सम्मान

मानव अधिकार तथा शान्ति समाज नेपालको जिल्ला शाखा रुपन्देही पुनः उत्कृष्ट भएको छ । मानव अधिकारको क्षेत्रमा सक्रिय हुँदै देशभरका शाखाहरुमा उत्कृष्ट उत्कृष्ट कार्य गरेको भन्दै उत्कृष्ट शाखा घोषणा सहित सम्मान गरिएको हो ।
मानव अधिकार तथा शान्ति समाज नेपालका पोखरामा आयोजना गरिएको २३ औं राष्ट्रिय परिषद बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रशंसा पत्र सहित जिल्ला शाखा रुपन्देहीलाई सम्मान गर्नुभएको हो । उक्त सम्मान जिल्ला सभापति डिपि खनालले ग्रहण गर्नुभएको हो ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देही यस अंगाडी पनि उत्कृष्ट जिल्ला भएको थियो । सम्मान ग्रहण गर्दै जिल्ला सभापति खनालले सबैको सहयोग र योगदानको कारण उत्कृष्ट जिल्ला हुन सफल भएको प्रतिक्रिया दिनुभयो ।