नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई

1.3K

नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई

सर्बोच्चले नेकपाको आधिकारिकता ऋषिराम कट्टेललाई प्रदान गरेको छ । तत्कालिन एमाले र एमाओवादी एकिकरण पछि निर्वाचन आयोगले ओली–प्रचण्डलाई नेकपा नाम दिएपछि पार्टी नाममाको आधिकारिकता विवाद सर्बोच्चमा पुगेको थियो ।
सर्बोच्चले ऋषि कट्टेलको पक्षमा फैसला गर्दै एमाले र एमाओवादी एककरण गरि राखिएको नाम खारेज गरिदिएको हो । साविक एमाले र माओवादी एकिकरणपछि आफ्नो पार्टीसंग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २०७५ मंसिर २१ मा निर्वाचन आयोग बिरुद्ध मुद्धा दर्ता गराउनु भएको थियो ।
पार्टीको आन्तरिक विवादका बिच प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीले संसद विघटन गरिदिएपछि ओली पक्ष र प्रचन्ड–माधव विभाजित भएका छन् भने दुबै पक्षले पार्टीको नाम र आधिकारिकता दावी गर्दै आएका थिए ।