नेपालमा मानव अधिकारको अवस्था चुनौतीपुर्ण : सभापती खनाल

1.3K

नेपालमा मानव अधिकारको अवस्था चुनौतीपुर्ण : सभापती खनाल

बुटवल । मानव अधिकार तथा शान्ति समाजका नवनिर्वाचित अध्यक्ष गोविन्द खनालले नेपालमा मानव अधिकारको अवस्था अझै चुनौतीपुर्ण रहेको बताउनु भएको छ ।

पोखरामा सम्पन्न २३ औं राष्ट्रिय परिषद बैठकबाट सभापतिमा निर्वाचित भएका खनालले राष्ट्रिय परिषद बैठकबाट पारित निर्णयहरु सार्वजनिक गर्न मानव अधिकार तथा शान्ति समाजले सोमवार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सभापति खनालले मानव अधिकार, शान्ति र लोकतन्त्रलाई बलियो बनाउन संञ्चारकर्मीहरुको भुमिका महत्वपुर्ण हुने बताउनु भयो ।

संबिधान र कानुनका दस्तावेजमा अधिकारका सवालहरु सम्बोधन भए पनि कार्यान्वयनको पाटो फितलो हुँदा मानव अधिकारको प्रवद्र्धन सशक्त हुन नसकेको धारणा ब्यक्त गरेका छन् ।
हिंसाको भविष्य नरहेको र शान्तिको विकल्प नरहेको भन्ने कुरामा जोड दिँदै सभापति खनालले सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबीच सहमति कायम हुनु सकारात्मक भए पनि विस्तृत विवरण सार्वजनिक नभएकोले शंकाको घेरामा रहेको खनालले बताउनु भयो ।

पत्रकार सम्मेलनमा समाजका नवनिर्वाचित केन्द्रीय सचिव मीना ढकालले परिषद बैठकले गरेका निर्णय र आगामि कार्ययोजनाबारे जानकारी गराउनु भयो । कार्यक्रम मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति डिपी खनालको सभापतित्वमा सम्पन्न भएको थियो