नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याणकुमार गुरुङ्ले पार्टीको १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार घोषणा गर्नुभएको छ । मंगलबार रिपोटर्श क्लवले बुटवलमा आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले आगामी महाधिवशेनमा पार्टीको सभापतिको उम्मेदवार हुने घोषणा गर्नुभएको हो ।
उहाँले मुलुकको राजनीतीक तरलतालाई सहि बाटोमा लैजानको लागि पनि नेपाली काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको र कम्युनिष्टले जनताको मतको अपमान गर्नुको साथै मुलुकलाई अस्थिरता तर्फ धकेलेको आरोप लगाउनु भयो । सरकारको नेतृत्व गर्नको लागि सबैतिरबाट प्रस्ताव आईरहेको बताउँदै उहाँले सरकार र संसदको गन्तव्य निक्र्योल भएपछि मात्रै नेपाली काँग्रेसले कुन दलसंग सहकार्य गर्ने भन्ने विषयमा निर्णय लिने उहाँले जानकारी गराउनु भयो ।