पाल्पा मालमुल–रुपन्देही मञ्चद्वारा वाल क्लवलाई भाँडा सहयोग

1.3K

पाल्पा मालमुल–रुपन्देही मञ्चद्वारा वाल क्लवलाई भाँडा सहयोग

पाल्पा मालमुल–रुपन्देही सम्पर्क मञ्चले पाल्पाको नविकरण क्लवलाई भाँडा सहयोग गरेको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ३ मालमुलबाट रुपन्देहीमा आई बसोबास गरेका व्यक्तिहरुले स्थापना गरेको मालमुल–रुपन्देही सम्पर्क मञ्चले रिब्दीकोट ३ मा गठित बाल क्लवलाई भाँडा सहयोग गरेको हो ।
भाडा प्रदान कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष सुनिल कुवँरले गाउँमा आएर सहयोग गर्न पाउँदा खुसी लागेको र आगामी दिनमा पनि यस्तैगरी आवश्यकता अनुसार सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तैगरी बाल क्लवकी अध्यक्ष सुस्मा खनालले सम्पर्क मञ्चले क्लवलाई सम्झेर सहयोग गरेको धन्यवाद व्यक्त गर्दै गाउँमा रहेका बालबालिकाको व्यक्तित्व, नेतृत्व सहित सामाजिक बिकासमा समेत सहयोग गर्न आग्रह गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी जगत कार्की टिकाराम भट्टराई, मञ्चका सक्रिय सदस्य कपिल कुवँर, सचिव राजु कुवँर लगायतले भनाई राख्नुभएको थियो ।
कार्यक्रममा मञ्चका संरक्षकहरु अनिल कुवँर, कृष्णबहादुर कुवँर, दीपक खनाल लगायतको सहभागिता रहेको थियो । मञ्चले यस अगाडि पनि सांस्कृतिक कार्यक्रम, रक्तदान कार्यक्रम तथा आर्थिक सहयोग लगायतका कार्यक्रम गरेको संरक्षक अनिल कुवँरले जानकारी गराउनु भयो ।