नेकपा माओवादी केन्द्रको आईतबार बसेको स्थायी कमिटी बैठकमा पार्टीको नाम परिवर्तन, बाम धुर्विकरण लगायतका एजेण्डामा छलफल भएपनि त्यसको खासै निकर्ष भने निस्किएको छैन । ३ जेठ २०७५ एमाले र माओवादी केन्द्र बिच भएको एकिकरणलाई सर्बोच्चले भङ्ग गरिदिएपछि पार्टीको नाम फेर्ने, बाम धुर्विकरण लगायतका एजेण्डामा छलफल भएको हो ।
एमाले र माओवादी केन्द्रको एकिकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आन्तरिक द्वन्द्व भएको बेला पार्टीको नाम दावी गरेका ऋषिराम कट्टेललाई बैधानिकता दिएपछि एमाले माओवादी केन्द्र बिचको एकता भङ्ग भएको हो । माओवादी स्थायी कमिटी बैठकमा ऋषिराम कट्टेलसंग एकता गरेर पार्टीको नाम नेकपा नै राख्ने वा नेपाल कम्युनिष्ट पार्टीको अगाडि पछाडी केही जोड्ने भन्ने विषयमा छलफल भएको हो ।
त्यस्तैगरी माओवादी केन्द्रको केन्द्रीय सदस्य संख्या हाललाई २ सय कायम राख्ने भएको छ । पार्टी एकता गर्दा ४४५ सदस्य केन्द्रीय समितिमा माओवादी केन्द्रको तर्फबाट २ सय केन्द्रीय सदस्य थिए भने त्यस अगाडि ४ हजार जनाको केन्द्रीय समिति थियो । बैठकले पार्टी एकता गर्दाका २ सय जना केन्द्रीय सदस्यलाई कायम राख्ने निर्णय लिएको हो । बैठकले एमालेतिर लागेका रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साहलगायत नेताहरुका कारण पार्टीलाई खासै प्रभाव नपरेको समेत निष्कर्ष निकालेको छ ।