समाजसेवी हिराप्रसादको अवसान: सिंगो रुपन्देही स्तब्ध

1.3K

समाजसेवी हिराप्रसादको अवसान: सिंगो रुपन्देही स्तब्ध

बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका पूर्व अध्यक्ष तथा समाजसेवी हिराप्रसाद श्रेष्ठको देहवसान भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ६ निवासी श्रेष्ठको बुधबार बिहान सवा तीन बजेको समयमा आफ्नै निवासमा निधन भएको हो । उहाँको निधनले सिंगो रुपन्देही जिल्ला स्तब्ध भएको छ ।

१० साउन २००० सालमा पिता निलप्रसाद र आमा तारालक्ष्मी श्रेष्ठको कोखबाट दोस्रो सन्तानको रुपमा पाल्पाको भैरवस्थानमा जन्मिनुभएका श्रेष्ठ व्यापार व्यबसायको सिलसिलामा २०१७ सालमा बुटवल झर्नु भएको थियो । आफ्नो व्यापार व्यबसायसंगै यस क्षेत्रको सामाजिक तथा आर्थिक बिकासमा विशिष्ट योगदान गर्नुभएका श्रेष्ठले २०४८ देखि ५३ सम्म २ कार्यकाल बुटवल उद्योग बाणिज्य संघको अध्यक्ष भएर काम गर्नुभएको थियो ।

यस क्षेत्रका सामाजिक बिकासमा क्रियाशिल हिराप्रसाद बुटवलको सिद्धार्थ गौतमबुद्ध क्याम्पस व्यबसास्थापन समितिका अध्यक्ष समेत हुनुहुन्थ्यो । समाजसेवी श्रेष्ठ लायन्स क्लव अफ बुटवलको संस्थापक सदस्य लगायत बिभिन्न सामाजिक तथा धार्मिक संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।

उहाँ बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हुँदा बुटवल उद्योग वाणिज्य संघमा होमियोप्याथिक क्लिनीक संचालन, संघमा पुस्तकालय स्थापना, लुम्बिनी अञ्चल अस्पताल भित्र प्रसुतीगृहको निर्माण तथा ११ लाखको अक्षयकोषको स्थापना, शान्ती सुरक्षाको लागि प्रहरी विटको निर्माण लगायतका सामाजिक बिकासको काम गर्नुभएको थियो ।

श्रीमति सीतादेवी, दुई छोरा सुरेन्द्रप्रसाद श्रेष्ठ र देवेन्द्रप्रसाद श्रेष्ठ, छोरीहरु सृजना पिया र कल्पाना राजभण्डारीको मात्रै नभएर उहाँ सिंगो बुटवलको अभिभावकको रुपमा रहनु भएको थियो । उहाँका छोरा सुरेन्द्र बुटवल उद्योग बाणिज्य संघको पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघको पूर्व केन्द्रीय सदस्य हुनुहुन्थ्यो भने बिभिन्न संघसंस्थामा कृयिशिल हुनुन्छ । त्यस्तै कान्छो छोरा देवेन्द्र लायन्स क्लव अफ मणिमुकुन्दका पूर्व अध्यक्ष हुनुहुन्छ ।

उहाको निधनले यस क्षेत्रको सामाजिक र आर्थिक विकासमा अपुरणिय क्षति पुगेको बताउँदै बुटवल उद्योग बाणिज्य संघले गहिरो दुःख व्यक्त गरेको छ । उहाँको निधन पछि बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीले संघको परिषर बालमन्दिरमा श्रद्धाञ्जली अर्पण गरेको छ ।

त्यस अवसरमा संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले बुटवलको आथिक तथा सामाजिक बिकासमा उल्लेखनीय योगदान पु¥याउनु भएका हिराप्रसादको निधनले बुटवल उद्योग बाणिज्य संघलाई मात्रै नभएर सिंगो समााजलाई नै अपूर्णनीय क्षेती पुगेको बताउँदै आगामी दिनमा उहाँको अभाव खड्कीरहने बताउनु भयो ।

नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनीधि समेत रहनु भएका श्रेष्ठको पार्थिव शरीरमा नेपाली काँग्रेसले पार्टीको झण्डा ओढाएको छ । नेपाली काँग्रेस बुटवल नगर समितिले गरेको उक्त कार्यक्रममा पार्टीका केन्द्रीयहरु सदस्य डा. चन्द्र भण्डारी, धनराज गुरुङ, रुपन्देहीका जिल्ला सभापति अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल, लगायत महासमिति सदस्य तथा महाधिवेशन प्रतिनीधि, क्षेत्रीय प्रतिनीधिहरु लगायतको सहभागिता रहेको नगर सभापति खेलराज पाण्डेले जानकारी गराउनु भयो ।