पश्चिम नेपाल बस व्यबसायी प्रा.लि.को अध्यक्षमा दधिराम खरेल निर्वाचित हुनु भएको छ । देशकै ठूलो यातायात व्यबसायी प्रा.लि.को सञ्चालक समितिको बैठकले खरेललाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तैगरी बैठकले प्रा.लि.को प्रवन्ध सञ्चालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पिएसलाई चयन गरेको छ । पश्चिम नेपाल बस व्यबसायी प्रालिको गत फागुन २८ र २९ गते सम्पन्न प्रथम साधारण सभा तथा प्रथम अधिवेशनले ११ जना सञ्चालक निर्वाचित गरेको थियो ।
त्यसमध्ये एमाले र माओवादी निकटका व्यबसायीको प्यानलबाट ८ जना र नेपाली काँग्रेस निकट व्यबसायीको प्यानलबाट ३ जना सञ्चालनकमा निर्वाचित भएका थिए । बिहिबार बसेको सञ्चालक समितिको बैठकले एमाले माओवादी निकट व्यबसायीको प्यानलबाटै निर्वाचित भएका सञ्चालकहरुलाई अध्यक्ष, प्रवन्ध सञ्चालक र कोषाध्यक्षको जिम्मेवारी दिएको हो ।
नवनिर्वाचित सञ्चालकहरुलाई बिहिबार नै पदस्थापन गराईएको छ । त्यस अवसरमा बोल्दै लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री वैजनाथ चौधरीले सरकारले यातायात व्यबसायीको अभिभावकको रुपमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।