बुटवल । नेपाल पत्रकार महासघको आसन्न निर्वाचनको तयारीका लागि नेपाल प्रेस युनियन रुपन्देहीले जिल्ला भेला तथा छलफल कार्यक्रम गरेको छ । शनिबार बुटवल,योगीकुटीमा गरिएको भेलामा आसन्न निर्वाचनका लागि युनियनले अपनाउने रणनीति र नेतृत्वका सम्बन्धमा छलफल भएको हो ।

भेलाले पत्रकार सम्बद्ध संघसंगठनहरु संग सहकार्य र समन्वय गरी पत्रकार महासंघ रुपन्देहीलाइ सबै पत्रकारहरुको साझा संस्थाकै रुपमा अगाडी बढाउन युनियतले नेतृत्वदायि भुमिका खेल्ने निर्णय गरेको छ । पत्रकार महासंघलाइ साझा रुपमा अगाडी बढाउन सम्पूर्ण पत्रकारहरुको एकता र सहकार्य आवश्यक भएको भन्दै भेलाले पत्रकार सम्बद्ध संघसंगठनहरुलाइ सहकार्यकालागि आब्हान पनि गरेको छ । भेलाले निर्वाचन तयारीकालागि प्रेस युनियन रुपन्देहीका सल्लाहकार हरि लम्सालको नेतृत्वमा निर्वाचन तयारी उच्च स्तरीय समिति पनि गठन गरेको छ ।

कार्यक्रममा यसअघि प्रेस चौतारी रुपन्देहीको जिल्ला कार्य समिति सदस्य भइसकेकी पत्रकार निहारिका थापा बिन्दुलाई प्रेस युनियनमा स्वागत गरेको छ । प्रेस युनियन प्रवेश गरे संगै भेलामा बोल्दै उनले यसअघि संगठनात्मक बस्तुस्थिती नबुझी अन्य संगठनमा लागेको उल्लेख गर्दै नेपाल प्रेस युनियनको गरिमा महत्व बुझेरै आफु युनियनमा प्रवेश गरेको बताउनु भयो । सभापती रेखा भुसालको सभापतित्वमा भएको कायंक्रम सचिव श्याम शंकर पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।