बादलको राष्ट्रिय सभा सदस्य पद खारेज

1.3K

बादलको राष्ट्रिय सभा सदस्य पद खारेज

गृहमन्त्री समेत रहका रामबहादुर थापा बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । राष्ट्रिय सभा सचिवालयले बादलको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना आईतबार (आज) जारी गरेको हो । २०७४ सालमा माओवादी केन्द्रबाट बागमति प्रदेशबाट राष्ट्रिय सभा सदस्य हुनु भएका बादलको राष्ट्रिय सभा सदस्यसंगै गृहमन्त्रीबाट समेत पदमुक्त हुनु भएको छ ।
यद्यपी एमाले नेताको हैसियतमा प्रधानमन्त्री ओलीले बादललाई गृहमन्त्रीमा पुनःनियुक्तिको सिफारिस गर्नुभएको छ । उहाँलाई साँझ ५ बजे राष्ट्रपति भवन सितलनिवासमा सपथ ग्रहणको कार्यक्रम तय गरिएको छ ।
सांसद नभएको व्यक्तिपनि ६ महिनासम्म मन्त्रीहन सक्ने संवैधानिक व्यबस्था अनुसार बादललाई पुनः गृहमन्त्री बन्न लाग्नुभएको हो । सर्बोच्चले एमाले र माओवादी केन्द्रलाई व्यूताईदिएपछि एमालेतिर लागेका बादललाई माओवादी केन्द्रले गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालाईलाई पार्टीबाट निस्कासन गरेको जानकारी सहितको पत्र पठाएको थियो ।