लुम्बिनी प्रदेशमा माओवादी केन्द्रबाट बनेका दुई जना मन्त्रीले राजीनामा गरेका छन् । मुख्यमन्त्री शंकर पोखरेल बिरुद्ध अविस्वासको प्रस्ताव दर्ता गरेसंगै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक बिकास मन्त्री सुदर्शन बरालले आफ्नो पदबाट राजीनामा गर्नुभएको हो ।
मन्त्री द्वयले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका प्रदेश प्रमुख सचिव भरतमणी सुवेदीलाई राजीनामा पत्र बुझाउनु भएको हो । मन्त्रीद्वय केसी र बरालले मुख्यमन्त्री पोखरेललाई राजीनामा बुझाउन खोजेपनि मुख्यमन्त्रीले समय नदिएका कारण प्रदेशका प्रमुख सचिवलाई राजीनामा बुझाउनु भएको हो ।