लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुन पोखरेललाई नै बनाउने एमाले संसदीय दलको निर्णय

1.3K

लुम्बिनी प्रदेशको मुख्यमन्त्री पुन पोखरेललाई नै बनाउने एमाले संसदीय दलको निर्णय

एमाले संसदीय दलको बैठकले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । प्रदेश सभामा पेस हुँदै गरेको अविश्वासको प्रस्ताव छल्नको लागि मुख्यमन्त्रीबाट राजीनामा गरेका पोखरेललाई नै पुनः मुख्यमन्त्रीमा अगाडि सारिएको हो ।
आईतबार मुख्यमन्त्रीबाट राजीनामा दिएका पोखरेलको राजीनामा आईतबार नै प्रदेश प्रमुखबाट स्वीकृति भएको थियो । लगत्तै एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पुनः संसदीय दलका नेता समेत रहेका पोखरेललाई अगाडि सारेको हो ।
एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकारको गठनको तयारी गरेको छ । मुख्यमन्त्री पोखरेल बिरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएपछि जसपाका तीन सांसदलाई मन्त्री बनाएर पद जोगाएपनि ती सांसदलाई समेत पार्टीले कारवाही गरेको छ भने यस अगाडि नै माओवादीबाट एमालेमा गएका दुई सांसदलाई माओवादीले कारवाही गरेपछि एमालेलाई बहुमत पुर्याउन सहज भएको हो ।